२७ माघ, काठमाडौं । साताको दोश्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइबार प्रतितोला ४ सय बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको छ ।

सोमबार छापावाला सुन तोलाको ७६ हजार रुपैयाँमा करोबार हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य सोमबार ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । शुक्रबार केही कम भएको सुनचाँदीको मूल्य आइतबार बढेको थियो ।