२८ पुस, काठमाडौं । सूनको मूल्यमा पछिल्लो केहीदिनदेखि उतारचढाव आइरहेको छ । साताको दोश्रो दिन सुनको मूल्य घटेको छ । सुनमा प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य भने ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी सोमबार ८ सय ९० रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघको भनाइ छ ।

साताको पहिलो दिन आइतबार छापावाल सुन ७५ हजार रुपैयाँ प्रतितोला र तेजाबी सुन ७४ हजार ७ सय रुपैयाँ प्रतितोला कायम भएको थियो । ईरान र अमेरिकाबीचको सम्बन्धका कारण पछिल्लो केही समयदेखि सुनको मूल्यमा ब्यापक उतारचढाव भएको छ ।