१३ मंसिर, एजेन्सी । भारतको हैदरावादमा एक महिलाको क्रुरतापूर्वक हत्या गरिएको छ । भेटेरेनरी डाक्टर प्रियंका रेड्डी बुधबार बिहान आफ्नो घर शम्शाबादबाट कोल्लरुस्थित पशु चिकित्सालयमा गएकी थिइन् ।

साँझ घर फर्कन लागेकी प्रियंकाको करिब ६ बजे टोल प्लाजाछेउमा स्कुटर पञ्चर भयो । स्कुटर पञ्चर भएपछि उनले आफ्नो बहिनीलाई फोन गरेर यसको जानकारी गराएकी थिइन् । त्यो समयम उननकी बहिनीले प्रियंकालाई टोल प्लाजा गएर क्याबमा घर आउने सल्लाह दिएकी थिइन् ।

प्रियंकाले केही मानिसहरुले मद्दत गर्न लागेको र पछि फोन गर्ने भन्दै फोन राखिन् । त्यसलगत्तै उनको फोन अफ भयो । रात परिसक्दा पनि उनी घर नआएपछि टोल प्लाजा आसपास खोज्न गए तर कहीँ पनि उनलाई भेट्टाउन सकेनन् ।

बिहान शादनगरको अण्डरपासमा उनको जलेको शव भेटियो । मेकानिक शमसेर आलमका अनुसार एउटा युवक बुधबार राति ९ः३० बजेको आसपास डाक्टर प्रियंकाको स्कुटी लिएर त्यहाँ गएका थिए तर उनले त्यो स्कुटर त्यहीँ छोडेर गए ।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनास्थल वरपरको सिसिटिभी फुटेजहरुको जाँच शुरु गरिसकेको छ भने डाक्टर प्रियंकाको कल लगमा पनि अनुसन्धान गरिरहेको छ । स्थानीय प्रहरीका अनुसार महिलाको हत्यापछि आगो लगाइएको हो ।