बुटवल, २ जेठ । रुपन्देहीको नेपाल–भारत सीमा नाका सुनौलीमा बिहीबार गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गर्न लागेका एकजनालाई प्रहरीले पक्राउ गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडपको स्थिति सिर्जना भयो ।

त्यसपछि प्रहरीले एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए । प्रहरीले भारतबाट पेस्तोल लिएर नेपाल छिरेका भारत महाराजगंजका ५० वर्षीय झिनक धोबीलाई नियन्त्रणमा लिएको छ । धोविलाई पक्राउ गर्दा स्थानीय भीडले प्रतीकार गर्दा तीनजना प्रहरी घाईते भएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रहरीको गोली लागेर भारत महाराजगंजका अन्दाजी २५ वर्षीय दिलिप धोवी घाईते भएका छन् । उनलाई स्थानीयले उपचारका लागि महाराजगंज लगेका छन् ।