२५ वैशाख, एजेन्सी ।

कमेडियन सुनिल ग्रोवरका प्रशंसकको लागी खुसीको खबर यो छ कि अब उनी सोनी टिभिको रियालीटि शो ‘सबसे बडा कलाकार’मा फेरि कमेडी गर्दै गरेको देखा पर्नेछन् ।

सोहि कार्यक्रमको एक एपिसोडमा उनले जज रविना टण्डनसंग फ्लर्ट गर्दै डान्स समेत गरेका थिए । कपिल शर्मा शोमा ‘दादी’ को भूमिका निभाएका अलि अजगर यो कार्यक्रममा नर्स बनेका थिए। उनले विमानमा कपिलसंग भएको विवादलाई स्मरण गरेका थिए । सोही अवसरमा अलिले सुनिलसंग, ‘यदि तपाईलाई प्लेनको कुरा अझै याद छ भने अबदेखि प्लेनमा सित्तैमा खाइने रक्सीलाई बन्द गरिनुपर्छ’ भन्दै कपिलको मजाक उडाएका छन्।

सुनिल ग्रोवरले सोनी च्यानलमा आफ्नो शो चाडै नै लिएर आउदै छन् । विवाद पछि सुनिलसंगै, अलि असगर, सुगन्धा मिश्रा, र चन्दन प्रभाकरले ‘द कपिल शर्मा शो’ छोडेका थिए।