५ वैशाख, एजेन्सी ।

कमेडियन सुनिल ग्रोवर र कपिल शर्मा विचको विवादको परिणाम कपिल आफैले भोग्नु पर्यो । यद्यपि कपिल शर्मा शो ले आफ्नो सयौ एपिसोड पुरा गरिसकेको छ । यसको अवसरमा कपिलले सेलिव्रेशन गर्न चाहन्थे तर सोनी च्यानलले उनलाई यस्तो गर्न रोक लगाइ दिएको छ ।

भारतीय मिडियाका अनुसार सोनी च्यानलले सन्देश जारि गर्दै भन्यो ‘कपिल र सुनिलबीच विवाद भइरहेको छ, यस्तो अवस्थामा खुसियाली मनाउनु उचित छैन । ‘ दुइ कलाकारबीच उत्पन्न विवादका कारण उक्त च्यानलले पहिले नै आफ्नो लोकप्रियता गुमाउनुपरेको छ, च्यानल यस्तोमा फेरि विवादमा आउन चाहदैन ।

उसो त कपिललाई च्यानलले अल्टिमेटम दिदै भनिसकेको छ कि, यदि शो लाई सहि दिशामा ल्याउन सके ठिकै छ नत्र शो बन्द गर्नुपर्ने छ ।

सोनी च्यानलले सुनिलसंग एक नयाँ शो चलाउने योजनामा छ । जसमा सुनिल ग्रोवरको सम्पुर्ण कलाकार टिम सहभागी हुनेछ । सुनिलको यस शोमा अलि असगर र चन्दन प्रभाकर सामेल हुने बताइएको छ ।