३० वैशाख, दोलखा।
उम्मेदवारलाई सुरक्षा दिएर फकर्ने क्रममा सुरक्षाकर्मी चढेको बलेराले ठक्कर दिदा दोलखामा एक बालको ज्यान गएको छ ।

सिंगटीबाट चरिकोट आउँदै गरेको सुरक्षाकर्मी चढेका बलेरोले कालिञ्चोक गाउँपालिका–७ झमार्सी नजिकै शनिबार ९ वर्षका बालकलाई ठक्कर दिदा ज्यान गएको हो ।

तीव्र गतिमा हुईकेको बलेराको ठक्करबाट ९ वर्षका रुजल शिवाकोटीको मृत्यु भएको छ । बा ४ च ८७०८ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा घाइते भएका शिवाकोटीलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ