२२ साउन, काठमाडौं । बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा भीषण आगलागी भएको छ ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजेतिर आगलागी भएको हो ।

जेनेरेटरका राखिएको पेट्रोलबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ ।

अहिले आगो पूर्णः नियन्त्रणमा आइसकेको छ । अब क्षतिको विवरण संकलन गरिने महानगरीय प्रहरी प्रभाग टेकुका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।