२२ साउन, एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ । उनको शव अहिले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत भाजपा मुख्यालय पुगेका छन् । भाजपा अध्यक्ष अमित शाह र कार्यकारी अध्यक्ष जेपी नाड्डाले स्वराजको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उनको दिउँसो ४ बजे दिल्लीमा अन्तिम संस्कार गरिने भारतीय संचारमाध्यामले जनाएका छन् । ६७ वर्षीय स्वराजको मंगलबार राति ह्ृदयघातका कारण निधन भएको थियो । घरमै ह्ृदयघात भएपछि दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लगिएपनि चिकित्सकले मृत घोषित गरेका थिए ।