२२ साउन, एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

भारतमा स्थापित मान्यता विपरित सुष्माकी छोरी बांसुरी स्वराजले अन्तिम संस्कारकाे कार्य गरेको भारतीय संचारमाध्यामले जनाएका छन् । दिल्लीको लोधी रोडस्थित इलेक्ट्रिक शवदाहगृह उनको अन्तिम संस्कार गरिएको हो । बांसुरी सुष्माकी एक मात्र सन्तान हुन् । त्यसैले उनले आमाको अन्तिम संस्कारको सबै प्रक्रिया पूरा गरिन् ।

भारतमा अहिलेपनि कि छोरा वा छोरा नभए पतिले अन्तिम संस्कार सम्पन्न गर्ने चलन छ । प्रखर वक्ताका रुपमा परिचित सुष्माको अन्तिम संस्कारमा प्रधानमन्त्री नरेन्द्र मादी, भारतीय जनता पार्टीका बरिष्ठ नेता लालकृष्ण आडवाणी र गृहमन्त्री अमित शाहसहित थुप्रै शीर्ष नेताहरु सहभागी भएका थिए । मंगलबार राति हृदयघातका कारण निधन भएकी सुष्माको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिजेपी मुख्यालयमा राखिएको थियो ।