६ साउन, एजेन्सी ।

आचार विपरित काम गरेको भनेर ब्यापक आलोचना भइरहेको समयमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो सामाजिक सञ्जाल ट्वीटरबाट आफ्नो विदेशमन्त्रीको स्ट्याटस हटाएपछि उनले राजिनामा दिन लागेको चर्चा भएको छ ।

ललित मोदीसँगको उनको विवादास्पद सम्बन्धका कारण विवादमा परेकी सुष्माले राजिनामा दिनु पर्ने माग विपक्षी कांग्रेसले गरिसकेको छ ।

susma-sworaj-left-nepal

ललित मोदीलाई देश छोड्न सघाएको आरोप लागेपछि सुष्मा विवादमा तानिएकी थिइन् ।

उनले बुधबार देखि आफ्नो विदेशमन्त्रीको स्ट्याटस ट्वीटबाट हराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

sushma-twiter

सुष्माले कांग्रेस नेताहरुलाई ट्वीटर बम हानेको आरोप पनि लगाएकी छिन् ।