एजेन्सी । सूचना यति महत्वपूर्ण चीज हो कि यसको सही प्रवाहले राम्रो प्रभाव पार्छ भने गलत प्रवाह भयो भने यसले ठूलै उथलपुथल निम्त्याउन सक्छ ।

पछिल्लो समय विश्वभर नै सूचनाको चोरी बढ्दो छ । सूचना चोरीका लागि विश्वभर साइबर आक्रमण बढेपछि चीनले नयाँ कम्युनिकेशन नेटवर्क लन्च गर्ने भएको छ ।

जसलाई ‘अनह्याकेबल’ अर्थात ह्याकहरुले ह्याक गर्न सक्दैनन् । त्यतिमात्रै होइन जुनसुकै कुनाबाट कुनैपनि प्रकारले ह्याक गर्न खोजिएको कुरा समेत तुरुन्त पत्ता लाग्छ ।

यो नयाँ प्रविधिलाई ‘क्वान्टम क्रिप्टोग्राफी’ भनिएको छ र पारम्परिक क्रिप्टोग्राफी भन्दा यसलाई बिल्कुल फरक मानिएको छ । जिनान प्रान्तमा भइरहेको यो प्रविधिको विकासलाई चीनको सरकारी संचारमाध्यामले प्रविधिको क्षेत्रमा कोशेढुंगा भनेका छन् ।

यो नेटवर्कमा सेना, सरकार, वित्तिय संस्थाहरु, विजुली विभागसँग जोडिएका करिब २ सय कर्मचारीले आफ्नो सन्देश सुरक्षित तरिकाले आदानप्रदान गर्न सक्छन् ।

क्वान्टम कम्युनिकेशनमा चीन अघि बढ्नुको अर्थ उसले यस्तो सफ्टवेयरको विकास गर्दैछ जुन इन्टरनेटमा रहेका त्रुटीलाई हटाएर बलियो बनाउन सक्छ । साथै अन्य देशले पनि भविष्यमा यस्ता सफ्टवेयर खरिद गर्न सक्ने उद्देश्य पनि चीनको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले उल्लेख गरेका छन् ।