१६ साउन, एजेन्सी ।

चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका छन् । युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनु पर्ने र थप मजबुद हुनु पर्ने उनको भनाइ छ ।

साउदी विमानस्थलमा १० हजार भारतीय फसे

सेना स्थापना दिवसको अवसरमा बोल्दै यस्तो आदेश दिएका चिनियाँ राष्ट्रपतिले चीन को सँग युद्ध लड्दैछ भन्ने खुलाएका छैनन् । तर यो आदेश लगत्तै भारतीय मिडियामा भने तिव्र तरंग देखिएको छ । कतिपय मिडियाले यो भनाइ भारतलाई लक्षित गरेर आएको दावी समेत गरेका छन् ।

राष्ट्रपति सी जिनपिङ

राष्ट्रपति सी जिनपिङ

चिनियाँ पिपिल्स लिवरेसन आर्मी पिएलए संसारकै सबैभन्दा ठूलो सेना मानिन्छ । चिनिायँ सेनामा २३ लाख जवान रहेको विश्वास गरिन्छ ।

नयाँ सरकारले चीनसँगको सम्बन्ध अझै विस्तार गर्नु पर्छ- राणा

चिनियाँ सेनाले आइतबार ८९ औं स्थापना दिवस मनाएको छ । चीन संसारको एक मात्र यस्तो देश हो जहाँ सेना पूर्णरुपमा सत्तारुढ दलको नियन्त्रणमा रहन्छ ।

chinese army

दक्षिणी चीन सागरमा बढिरहेको तनावप्रति लक्षित गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएको अनुमान गरिएको छ । चीन साउथ चाइना सीमा भारत, अमेरिका लगायतका देशले अनावश्यक चासो राखेको भन्दै क्रुद्ध छ ।

सरकार राजा र भारतले ढालेको होइन – बाबुराम भट्टराई

चीनले आफूलाई चारैतिरबाट घेरिरहेको आरोप भारतले लगाउने गरेको छ । सन् १९६२ को युद्धमा कश्मिरको अक्साइ चीनमाथि कब्जा जमाएको थियो । आरुणाचल प्रदेशमा चीन र भारत दुवैले दावी गर्दै आएका छन् ।