१३ चैत, काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड १९)को जोखिम उच्च रहँदा देशमात्र होइन, पूरा विश्वनै अहिले क्वारेन्टाइनमा छ । नेपालमा पनि कोरोना भाइरसको दोश्रो संक्रमित देखिएसँगै सरकारले देशभर लकडाउनको घोषणा गर्यो ।

लकडाउनसँगै मानिसहरु होम क्वारेन्टाइनमा बसिरहेका छन् । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन दिइएको छैन । हामी क्वारेन्टाइनमा त बसेका छौँ तर के हामीलाई क्वारेनटाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरुको बारेमा थाहा छ त ? केही थाहा भएपनि धेरैलाई यस विषयको ज्ञान नहुनसक्छ ।

त्यसको मध्यनजर गर्दै नेपाल प्रहरीले आफ्नो सामाजिक सञ्जालमा सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरुको बारेमा जानकारी गराएको छ । यहाँबाट पढ्नुहोस् के–के गर्नुपर्र्छ सेल्फ क्वारेन्टाइनमा बस्दा ।