३ असोज, एजेन्सी । अहिले सोह्रश्राद्ध चलिरहेको छ । भदौ २८ गतेबाट शुरु भएको सोह्रश्राद्ध असोज ११ गते सकिँदैछ । श्राद्धमा पितृहरुको लागि तर्पण, पिण्डदान लगायतका अन्य विधिहरु पु¥याउनु जरुरी छ ।

–पितृहरुको लागि पिण्ड बनाउको लागि दुध, दही, घिउ र महको प्रयोग गर्नुपर्छ । यसको प्रयोगले भोजलाई स्वादिष्ट बनाउँछ ।
–श्राद्धको तिथीको एकदिन अघि ब्राह्मणलाई घरमा बोलाउनुपर्छ र दिउँसो १२ बजेपछि मात्र श्राद्ध गर्नु उचित मानिन्छ ।
–ब्राह्मणहरुलाई भोजनको लागि दक्षिण दिशामा बसाउनुपर्छ । यस दिशामा राखेर भोजन गराएमा पितृहरुलाई सन्तुष्टि मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।
–खान लागेका बस्तुहरुको केही भाग गाई, कुकुर, काग, देवता र अन्य चराचुरुङ्गीहरुलाई छुट्याउनुपर्छ । कुकुर र कागलाई छुट्याइएको खानेकुरा कुकुर र कागलाई नै खुवाउनुपर्छ भने देवता र अन्य चराचुरुङ्गीलाई छुट्याइएको भाग गाईलाई दिनुपर्छ ।
–श्राद्ध शुरु गर्नुअघि हातमा जल, अक्षता, चन्दन, फूल र तिल लिएर संकल्प गर्नुपर्छ । यो संकल्प बा्रह्मणले गराउनेछन् ।
–ब्राह्मणलाई भोजन गराएपछि उनको निधारमा टिका लगाई आफ्नो अनुसार कपडा, अन्न र दक्षिणा दान गर्नुपर्छ ।
–भोजन र दानदक्षिणापछि ब्राह्मणलाई उनको घरसम्म पु¥याउन जानुपर्छ । धार्मिक मान्यताअनुसार ब्राह्मणको साथमा पितृ पनि घरमा आएका हुन्छन् ।