एजेन्सी ।

चर्चित भिडियो कलिङ साइट स्काइपले आफ्नो सेवामा नयाँ फिचर थपेको छ । स्काइपले एन्ड्रोइड एपमा प्रयोग हुने नयाँ अपडेटेड भर्सन लञ्च गरेको हो ।

नयाँ भर्सनमा स्काइप प्रयोगकर्ताले एक पटक लगइन गरेपछि पुनः पासवर्ड सम्झिराख्ने झण्झट पर्दैन । यसका साथै प्रयोगकर्ताहरुले च्याट लिङ्क नखोलेपनि थप जानकारी पाउने छ ।

Skype-logo

स्काइपको आइडी र पासवर्ड भुलिरहनेहरुका लागि पनि यो समाधान हुने छ । यसमा एउटा चिन्ह दिइएको हुन्छ जहाँ क्लिक गर्ना साथ च्याट बक्समा पुग्ने सुविधा छ ।

skype_android_2

पासवर्ड र आइडी मेमरीमा नबसोस् भन्ने चाहनेहरुका लागि पनि स्काइपले पुरानै भर्सन प्रयोग गर्ने सुविधा दिएको छ । शुरुमा आइओएस र म्याक डिभाइसहरुका लागि दिइएको यो सुविधा अव एन्ड्रोइडका लागि पनि उपलब्ध गराएको हो ।