पर्सा, ४ बैशाख । स्कुल बसले ठक्कर दिँदा पर्साको वीरगंजमा एक शिक्षिकाको मृत्यु भएको छ । दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट अलौ माविकी शिक्षका वीरगञ्ज १६ नगवाकी ३२ वर्षीया कुञ्जन चौरसियाको मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका ८ माईस्थानमा चौरसिया सवार ना १३ प ५९८७ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक सइज हुसेनको सोही अस्पतालमा उपचार भइरहेको छ ।