यो त हामी सबैलाई थाहा छ कि आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ। यसले बच्चालाई कैयौँ बिमारीहरूबाट सुरक्षित राख्दछ र उसको वृद्धिविकासमा महत्वपूर्ण भूमीका खेल्दछ।

जन्मपछि केहि महिनासम्म बच्चाहरूको पाचन यन्त्र विकसित भैसकेको हुँदैन, त्यसकारण उनीहरूले आमाको दूधबाहेक अन्य खानेकुराहरू पचाउन सक्दैनन्। यस्तो बेलामा बच्चाहरू पूर्णरूपमा आमाकै दूधमा निर्भर हुने गर्छन्। आमाको दूधमा लगभग सबै प्रकारका पौष्टिक तत्वहरू पाइन्छन्।Breastfeeding- things to know (2)

तरपनि, आजभोली गर्भवती महिलाहरूमा एक नकारात्मक र विकृत भावना फैलिरहेको छ। उनीहरू सोँच्छन् कि स्तनपानले आफ्नो स्वास्थ्य र सुन्दरतामा ठेस पुग्दछ। तर यो गलत सोँच हो। किन?

१. आमाको दूध साँच्ची नै अमृतसरह हुन्छ

हामी सबैजनालाई स्तनपान गराउनैपर्छ भनेर दवाव दिँदैनौँ। हामी त केवल यसका फाइदा र महत्वको बारेमा मात्रै जानकारी दिन्छौँ। आमाको दूधमा यस्तो एण्टिबडि (Antibodies) जसलाई ल्याबमा पुनर्निमाण गर्न सकिँदैन। “आमाको दूध पिएको बच्चालाई रुघाखोकी, झाडापखाला, कब्जियत, एलर्जी तथा नाक-कान-घाँटी सम्बन्धी समस्याले सजिलै सताउन सक्दैन।”, द बेबी बुक का लेखक ‘जिम सियर्स’ भन्छन्।Breastfeeding- things to know (1)

२. आमा! तपाईँ पनि स्वस्थ बन्न सक्नुहुन्छ!

निकट भविष्यको कुरा गर्दा, स्तनपानले आमाको स्तन र डिम्बाशयको क्यान्सर हुने खतरालाई कम गर्दछ। अनि वर्तमानको कुरा गर्दा, आफ्नो बच्चासँगको शारीरिक स्पर्शले सामिप्यता बढाउँदछ। यसले आमालाई स्थिर बसेर आफ्नो बच्चाको हेरविचार गर्नमा तल्लिन गराउँदछ, माया बढाउँदछ अनि मानसिक तवरले खुशी गराउँदछ। यो भन्दा फाइदाजनक कुरा अरू के हुन्छ र? नौ महिनासम्म आफ्नो गर्भमा कति पीडा र दुःख भोगेर जन्माएको बच्चाको ख्याल गर्नु, रक्षा गर्नु नै आमाको कर्म हो, त्यहि नै आमाको धर्म हो।

साथै, डा. सियर्स भन्छन् कि स्तनपानले आमाको शरीरमा ‘मातृ हरमोन’ प्रोल्याक्टिन (Prolactin) पैदा गराउँदछ, जसले आमाको स्तनलाई स्वस्थ राखि रक्तसञ्चारमा सहजता प्रदान गराउँदछ। त्यसलगायत स्तनपानले आमाको शरीरमा ‘अक्सिटोसिन’ (Oxytocin) नामक हरमोनको पनि उत्पादनमा वृद्धि गराउँदछ, जसले पाठेघरलाई स्वस्थ राख्न मद्दत गर्दछ।

अनि अर्को कुरा, यसले शरीरमा भएको क्यालोरीलाई समेत पचाउँदछ र शरीरमा ऊर्जा पैदा गराउँदछ।

३. स्तनपान गराउन सजिलो पनि हुन्छ

हुन त पहिलो चोटि गर्भवती भएको होस् या तेश्रो चोटि, सुरुमा बच्चालाई स्तनपान गराउँदा अधिकांशले पीडा महशुस गर्दछन्। यो पीडाबाट अनुकूल वातावरण सिर्जना गर्नको लागि आमालाई १ हप्ता जति लाग्न सक्छ।

तथापी, स्तनपान गराउने बानीले धेरै कुरामा सजिलो हुन्छ। पसलमा धाइराख्नु पर्दैन, दूधको भाँडा कता पर्यो भनेर खोजिराख्नु पनि पर्दैन, सफा गर्ने झञ्झट पनि हुँदैन। जतिबेला बच्चालाई भोक लाग्छ, उत्ति बेला आमाले सीधै स्तनपान गराउन सक्छन्। आमाको दूधलाई पसलमा किनिराख्नु पनि पर्दैन र तातो अनि स्वस्थ हुन्छ।

यात्रा गर्दा पनि सजिलो हुन्छ। कतै जाँदा बस अथवा प्लेनमा फस्नुभयो भने पनि तपाईँको बच्चा कहिल्यै भोकै रहँदैन।

४. आमा नै खानाको श्रोत हो, त्यसैले आफ्नै ख्याल राख्नुपर्दछ

आमाले जे खायो, त्यसको सीधा असर बच्चालाई पनि पर्दछ। त्यसैले सुत्केरी आमाले स्तनपान गराउञ्जेलसम्म आफ्नो विशेष ख्याल राख्नुपर्दछ। भिटामिन, क्याल्सियम र फलाम पाइने प्राकृतिक खानेकुराहरू खाइराख्नुपर्दछ। दिनमा २.५ लिटर जति पानी पिउनुपर्दछ। अन्य दिनहरूमा भन्दा सुत्केरी दिनहरूमा अतिरिक्त ५०० क्यालोरी उपभोग गर्नुपर्दछ।

साथै आमालाई आरामको एकदमै जरुरत पर्दछ, किनभने तनावले स्तनबाट दूध निरन्तर बगिरहने समस्या ल्याउँदछ। मनतातो पानीले नुहाउनुहोस्, सफा हुनुहोस् र आरामले आफ्नो बच्चालाई स्तनपान गराउनुहोस्।

५. प्याकेटको दूध अथवा फर्मूला मिल्क खुवाउने गल्ती नगर्नुहोस्

आमाको दूध भनेको प्राकृतिक पौष्टिक तत्वले भरिएको दूध हो, जसले गर्दा बच्चामा विभिन्न खतरनाक रोगहरूसँग लड्न सक्ने क्षमता प्रदान गर्दछ। तर बच्चाकै लागि भनेर भनेर निर्माण गरिएको फर्मूला मिल्कमा विभिन्न किसिमका रसायनहरू मिसाइएको हुन्छ, जसले बच्चाको रोगसँग लड्ने क्षमतालाई ह्रास गर्नुको साथै मानसिक तथा शारीरिक रूपमा समेत दुर्बल गराउँदछ। उनीहरूको दिमाग पनि पूर्ण रूपले विकसित हुन पाउँदैन, हाडजोर्नी कमजोर हुन्छ र पछि गएर मुटुरोग, मधुमेह तथा क्यान्सर जस्ता घातक रोगले सताउन सक्दछ।Breastfeeding- things to know (3)

आमा नै जननी हुन्, सृष्टिको महत्वपूर्ण अङ्ग हुन्, जीवनको आधार हुन्। यो संसारमा मानवजातिको सृष्टिकर्ता नै आमा हुन्। त्यसैले आफ्नो सृष्टिको सुरक्षा गर्नु पनि आमाकै कर्तव्य हुन आउँछ।

यो पनि हेर्नुहोस्-
‘स्तनपान गराउन जान्दैनन् आमाहरू’
सबैको घरमा हुने एकदमै विषाक्त ४ वस्तु, जसले खतरनाक समस्या ल्याइरहेको हुन्छ
केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र
घाँटी चलाउनै नमिल्ने भएको छ? घरेलु रोकथामका उपाय यस्ता छन्…