२६ भदौ , काठमाडौं । गृह मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको छ । सामाजिक सुरक्षा भत्ता वृद्धि भएको सन्दर्भमा जानकारी गराउनको लागि मन्त्रालयले सबैलाई पत्र काटेको हो । पत्रमा आर्थिक वर्ष २०७६÷७७ मा सामाजिक सुरक्षा भत्ता वृद्धि भएको बताइएको छ । पत्रमा भनिएको छ, ‘अर्थ मन्त्रालयको भदौ १२ र २४ गतेको पत्र अनुसार देहायको दरमा सामाजिक सुरक्षा भत्ता कायम भएको जानकारीको लागि अनुरोध छ ।’

साउनदेखि जेष्ठ नागरिकको लागि २ हजार, एकल र विधवा महिलाको लागि २ हजार, पूर्ण अपाङ्गताको लागि ३ हजार, अति अशक्त अपाङ्गताको लागि १६ सय, लोपोन्मुख आदिवासी जनजातिको लागि ३ हजार, बालबालिका (बाल संरक्षण अनुदा)को लागि ४ सय र ७० वर्ष पूरा भएका जेष्ठ नागरीक उपचार खर्चको लागि भन्दै मासिक १ हजार रुपैयाँको दर तोकेको छ । अब अब सबै स्थानीय तहले यहि अनुसारको सामाजिक सुरक्षा भत्ता वितरण गर्न सरकारले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।