२९ फागुन, एजेन्सी । विश्वभर कोरोना भाइरसको जोखिम उच्च भइरहँद स्पेनकी एक मन्त्रीलाई पनि यसको संक्रमण सकारात्मक भेटिएको छ ।

स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोले गरेको कोरोनाभाइरसको लागि परीक्षणमा सकारात्मक देखिएको त्यहाँको सरकारलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । कोरोनाको संक्रमण सकारात्मक पाइएपछि उनलाई आइसोलेसनमा राख्ने तयारी भएको छ ।

तस्बिरः एएफपी

स्पेनमा कोरोना संक्रमणबाट हालसम्म २२ सय ७७ जना मानिस संक्रमित भएका छन् । जसमध्ये १ सय २६ जना गम्भीर अवस्थामा छन् भने मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वभर १ लाख २६ हजारभन्दा धेरै मानि संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या ४ हजार ६ सय भन्दा माथि लाग्दा उपचारपछि घर फर्किनेको संख्या ६८ हजारभन्दा बढी छ ।