२९ फागुन, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण युरोपेली देश स्पेनमा मृतकको संख्या ह्वात्तै बढेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्र त्यहाँ ४७ जनाको मृत्यु भएको छ ।

बुधबारको मृत्युसँगै स्पेनमा मृतकको संख्या ८४ पुगेको बीबीसीले जनाएकाे छ । मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ सय ६८ पुगेको छ । यसअघि आजै त्यहाँकी समानता मन्त्री इरेने मोन्टेरोलाई पनि कोरोना संक्रमित भएको थियो ।