१८ पुस, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको कार्गो शिप स्पेसएक्स ड्यागन अन्तरिक्षमा अड्किएको छ । ३ जनवरीमा जमिनमा अवतरण हुनुपर्ने भएपनि ५ जनवरीमा इन्टरनेशनल स्पेश स्टेनशनमा जानेछ र ७ जनवरीमा पृथ्वीमा फर्कनेछ ।

यो कार्गो विमान वैज्ञानिक उपकरणहरुसहित एक मुसालाई पनि पठाइनेछ । के कारणले स्पेसएक्स ड्यागन कार्गो विमान रोकिएको भन्नेबारेमा पत्ता लगाउनको लागि विमानलाई त्यहाँ पठाउन लागेको हो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका कार्गो शिप स्पेसएक्स ड्यागन ७ तारिखमा बिहान करिब पौन ११ बजे अमेरिकाको क्यालिफोर्नियाको लान्ग बीचदेखि दक्षिण–पश्चिममा रहेको प्रशान्त महासागरमा अवतरण गर्नेछ । नासाको यो कार्गो विमान स्पेशएक्स ड्यागन ५ जनवरीलाई ९ः१५ बजे स्पेशस्टेशनबाट उडान भर्नेछ ।

तर यसलाई पृथ्वीसम्म आउनको लागि कम्तिमा पनि दुईदिन लाग्नेछ । यो सिधै पृथ्वीतर्फ नआई पृथ्वीको एकचक्कर लगाउँदै क्यालिफोर्नियाको लग्सबीचदेखि पर रहेको प्रशान्त महासागरमा झर्नेछ ।