१३ असोज, काठमाडौं । रसुवाको स्याउबारीमा मालबाहक ट्रक दुर्घटना भएको छ ।

चीनबाट स्याउ बोकेर काठमाडौं आइरहेको बा ४ ख ४८० नम्बरको ट्रक रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटना के कारणले भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । सडकको दुरावस्थाको कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा सडक एकदमै कच्ची देखिएको छ भने ट्रकबाट कुनै सामाग्री बाहिर खसेको छैन ।

सबै तस्बिरः रेडियो लाङटाङको फेसबुक पेज