१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुको सिफारिसमा थप सामाग्रीहरु आउँदै गरेको बताएका छन् । केही सामाग्रीहरु आउँदै भएकोले अहिले भइरहेको सामग्रीको अत्याधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन चिकित्सक र प्राविधिकहरुलाई अनुरोध गरेका छन् ।

बिहीबार सामजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले कोभिड १९ मानवीय संकटको एकजुट भएर सामना गर्न पनि अपिल गरेका छन् । उनले सरकार चिकित्सक र प्राविधिकहरुको साथमा रहेकोले चिन्तित नभई काम गर्नसमेत अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार पनि सामाजिक सञ्जालमार्फत घरमै बस्न अनुरोध गरेका थिए । उनले ट्वीटरको सन्देशमा आफू पनि घरमा बसेर सरकार चलाइरहेको बताउँदै जनतालाई पनि घरमै बस्न अपिल गरेका थिए । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली कोभिड १९ को रोकथामको लागि सार्क राष्ट्रहरुका राष्ट्रप्रमुखको भिडियो कन्फ्रेन्समा सहभागी हुनमात्र बालुवाटार बाहिर निस्किएका थिए ।