१३ फागुन, काठमाडौं।

मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्व हुन्छन। एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (शिथिल) गर्ने । हामीले खाने हरेक चिज पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ। अनि खाएको चिजअनुसार दमागका दुई रासयनिक तत्वले प्रभाव पदैा गर्छन् । भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ। थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ। आजको नयाँ पत्रिकामा वरिष्ठ नसारोग विशेषज्ञ डा. जेपी अग्रवालको लेख छापिएको छ।

मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ। गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग-अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवन गरेपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन्। गाँजाका धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोल (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ। यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसंगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ। यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ। जस्तै, हाँस्यो भने हाँसेको हाँस्यै गर्ने, रोयो भने रोएको रोयै गर्ने आदि । क्यानाविनोइडले मस्तिष्कको आनन्दको केन्द्र डोपामाइन प्रक्रियालाई पनि प्रभावमा पार्छ। यतिखेर आनन्दको भाव जगाउँछ।

गाँजा, भाङ, धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आन्नद पैदा गर्छन। केही बेरपछि फरक-फरक असर देखाउन थाल्छन्। त्यसैले यस्ता लागुऔषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ।