मानव शरीरमा कोठी प्राकृतिकरुपमा कुनै पनि अंगमा हुन सक्छ । कोठीले मानिसको प्रकृतिको राज लुकेको हुने समुन्द्रशास्त्रीहरु बताउँछन् । हत्केलामा हुने कोठीको विशेष अर्थ हुने यो शास्त्रको भनाइ छ ।

आम मान्यता के छ भने यदि तपाइँको हात्केलामा कोठी छ भने तपाइँ धनवान हुनुहुन्छ । जीवनभर रुपैयाँ पैसा सम्बन्धि समस्या हुँदैन । यस्तो कोठी हुनेले जीवनमा आर्थिक कठिनाइ भोग्नु पर्दैन भन्ने मान्यता समेत छ । यद्यपी समुद्र साश्त्रका अनुसार यस्तो मान्यता पुरै सही होइन । हत्केलामा भएका कोठी पनि शुभ र अशुभ हुने समुन्द्र शास्त्रको भनाइ छ ।

कहाँ कोठी भयो भने शुभ काहाँ भए अशुभ

समुन्द्र शास्त्रका अनुसार हत्केलामा हुने सूर्य पर्वत अर्थात अनामिका औंलोको तल पट्टी कोठी छ भने यसले तपाइँलाई कार्य क्षेत्र वा रोजगारीको क्षेत्रमा कष्ट दिन सक्छ । यस्तो कोठीले रोजगारी प्राप्तिमा समेत असर गर्ने समुन्द्र शास्त्रको भनाइ छ ।

palm reading 1

चन्द्र पर्वतमा कोठी हुनु भनेको मन चञ्चल रहने संकेत हो । यसले तपाइँलाई प्रेम मिल्न दिँदैन । विवाहमा समेत समस्या हुन सक्छ ।

कान्छी औंलीको तल्लो भागमा कोठी हुने भनेको धेरै सम्पतिको मालिक हुने संकेत हो । यस्ता ब्यक्तिलाई जीवनमा धेरै जिम्मेवारी आइलाग्छन्meaning of mole 6

माँझी औंलामा कोठी हुनु अशुभ मानिन्छ । यस्ता ब्यक्तिको शनि निचो हुन्छ । यस्तो कोठी हुनेलाई भाग्यले साथ दिँदैन ।

अनामिका औंलामा कोठी हुने भनेको सरकारी क्षेत्रमा लाभ हुने र समाजमा मान यश प्राप्ति हुने संकेत हो । यस्ता ब्यक्ति समृद्ध र धनाड्य हुन्छन् ।

बुढी औंलामा कोठी हुनु मेहनती र न्यायप्रेमी ब्यक्ति हुनुको संकेत मानिन्छ । बुढी औंलाको तल शुक्र पर्वतमा भएको कोठीले भने प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । यस्ता ब्यक्ति कामुक हुन्छन् ।

बायाँ हत्केलामा कोठी हुनु खर्चालु संकेत मानिन्छ । यस्ता ब्यक्तिले पैसा कमाएर जम्मा गर्न सक्दैनन् ।

दायाँ हातको माथिल्लो भागमा कोठी हुने ब्यक्ति धनधान्यले सम्पन्न हुन्छन् ।

थाहा पाउनुस् शरीरमा हुने कोठीका अर्थ

थाहा पाउनुस् शरीरमा हुने कोठीका अर्थ

अनुहारमा कोठीले दुख दियो ? यसो गर्नुस्