३० कात्तिक, साउदी अरब । सुरक्षाको कारण देखाई अकस्मात साउदी अरबबाटै प्रधानमन्त्रीबाट राजिनामा दिएका लेबनानी नेता हरिरिले आँफूले चाहेको समय साउदी अरब छोड्न स्वतन्त्र रहेको मङ्गलबार साउदी अरबले जनाएको छ ।

बेरुतले साउदी अरबमाथि आफ्ना नेतालाई नजरबन्दमा राखेको भनी दावी आइरहेका बेला साउदी अरबका विदेशमन्त्री अव्देल अल–जुबैरले हरिरि साउदी अरबबाट आँफूले चाहेका समय स्वदेश फर्किन सक्ने बताएका हुन ।

सञ्चारकर्मीसँगको कुराकानीमा विदेशमन्त्री अल–जुबैरले बेरुतको हरिरिलाई नियन्त्रणमा राखिएको भन्ने आरोपको खण्डन गर्दै भने, “अनपेक्षित रूपमा गत नोभेम्बरमा ४ मा सुरक्षाको कारण देखाउँदै साउदी अरबबाटै राजिनामाको घोषणा गरेका हरिरिले लेबनान जान चाहेका समय साउदी अरब छोड्न सक्नुहुन्छ । आफ्नो समय मिलाएर स्वदेश फर्किन उहाँ स्वतन्त्र हुनुहुन्छ ।”

लेबनानी राष्ट्रपति मिसेल आउनले साउदी अरबले हरिरिलाई नजरबन्दमा राखेको आरोप लगाउँदै आएपनि ‘प्रधानमन्त्रीको नवघोषित फ्रान्स भ्रमण समस्याको समाधानको शुरुवात’ हुने बताएका छन । रासस/एएफपी