११ असोज, एजेन्सी । मौसममा आएको परिवर्तनको क्रममा बिरामी हुने सम्भावना एकदमै धेरै हुन्छ । कसरी रहन सकिन्छ सबै मौसममा फिट, आउनुहोस् जानौं ।

–दिनको शुरुवात चियाबाट नभई नरिवल पानीबाट गर्नुहोस् ।
–राति सुत्नुअघि र बिहान उठेपछि सास लिने र छोड्ने प्रक्रिया गर्दै दुई मिनेटसम्म ध्यान गर्नुहोस्, जसले तपाईंलाई ताजा महसुस गराउँछ ।
–करिब २८ ग्राम ज्वानोलाई पानी मिसाएर त्यसको त्यो पानी पिउनुहोस्, यसले मृगौलाको लागि फाइदा पुग्छ भने कार्यक्षमता पनि बढ्छ ।
–अदुवा र पुदिनाको पातलाई तताएर पानी राखी पिउनुहोस्, यसले ज्वरो र भाइरसबाट टाढा राख्छ ।
–रचनात्मक व्यायाम गर्नुहोस् ताकि शरीरको सबै मांसपेशीहरु राम्रोसँग चलोस् ।