३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला फेरेर सरकारकारी निवास बालुवाटार फर्किएका छन् । स्वास्थ्यका सबै सूचक राम्रो रहेको र पूर्ण स्वास्थ्यलाभ गरेपछि उनलाई त्रिवि शिक्षण अस्पतालले आज साँझ डिस्चार्ज गरेको हो ।

पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । फागुन १९ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।

समीक्षा दुई दिनअघि अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । प्रधानमन्त्री ओलीलाई संक्रमणको जोखिम भएकाले केही समय उनले बालुवाटारमै आराम गर्नेछन् ।