२६ माघ,एजेन्सी।
हिउमा पुरिएका एकजना सैनिकको हप्तादिनपछि पनि जीवितै पाइएको समाचारमा जनाइएको छ ।

siachen under snow

हप्तादिन अघि हिउँ पहिरोमा परी पुरिएका ती सैनिकलाई उद्वारका क्रममा मङ्गलबार जीवितै भेटेपछि उपचारका लागि हेलिकोप्टरमार्फत नयाँ दिल्ली लगिएको बताइएको छ ।

श्रीनगरको हनमानथप्पामा रहेको सैनिक पोस्टमा नै हिउँ पहिरोले पुरेको थियो । त्यस क्रममा त्यस समयमै अरुका उद्वार भए पनि उनी पुरिएर रहेकाले तत्कालै उद्वार सम्भव भएको थिएन ।

त्यसमा परी उनका अरु नौ जनासाथीको भने ज्यान गएको थियो । मङ्गलबार बिहानै उनको उद्वार गरी जीवितै निकालिएको थियो ।

उद्वारकर्मीले उनको उद्वार जीवितै गर्नसक्ने आशा कमै मात्र भएको भन्दै उद्वारको काम सुरु गरेका र ती सैनिक जीवितै भेटिएको समाचार आश्चर्यलाग्दो भएको बताएका छन् ।

एकजना सैनिक कमाण्डार जर्नेल डि एस हुँदाले यस घटनालाई अविश्वासिलो तर चमत्कार भएको टिप्पणी गरेका छन् ।

त्यति कठाङ्य्ग्रिने जाडोमा र तापक्रम माइनस्मा रहेको अवस्थामा पनि हिउँमै पुरिएका व्यक्ति कसरी बाँच्न सफल भए होलान् भन्ने कुरा आश्चर्यजनक रहेको जर्नेल हुदाको भनाई छ ।