१२ भदौ, एजेन्सी । रानू मण्डल अहिले भारतीय मिडियामा चर्चामा छिन् । केही हप्ताअघिसम्म रानू रेलवे स्टेशनमा गीत गाउने गर्थिन् ।

उनीसँग न त खानको लागि खाना थियो न बस्ने लुगा नै । रेलवे स्टेशनमा गीत गाएर पेट भर्थिन् । कसैले उनले गाएको गीत सामाजिक सञ्जालमा राखिदिएपछि उनी देशभर भाइरल बनिन् । उनको स्वर सुन्नेबित्तिकै मनपराएर हिमेश रेशमियाले फिल्मको लागि गीतको रेकर्ड गराएकी छन् । उनले भारती सिनेमामा गीत गाउनुअघि बलिउडसँगको सम्बन्ध रहेको खुलासा गरेकी छन् ।

भारतीय मिडियाका अनुसार रानू मण्डलले फिल्म निर्देशक र अभिनेता फिरोज खानको घरमा काम गरेकी थिइन् । रानूले उनको घरमा खाना बनाउने र सरसफाई गर्ने काम गर्थिन् । बंगाली समुदायकी रानूलाई हिन्दी बोल्न एकदमै समस्या भएको थियो । रानूका अनुसार उनी फिरोज खानको छोरा फरदीन खान र उनको काका संजय खानको पनि ख्याल राख्थिन् ।

रानू मण्डलको सुरिलो आवाज सामाजिक सञ्जालमा यसरी भाइरल भइन् की उनलाई एकपछि अर्को अफर आइरहेको छ । हिमेशपछि रानूलाई अर्को अफर मिलेको थियो । रानूको आवाजबाट मन्त्रमुग्ध भएर अभिनेता–गायक प्रदीप पाण्डे चिन्टुले भनिन्, ‘मैले रानूजीसँग छिट्टै नै गीत रेकर्ड गर्दैछु ।’ आफू रानूको आवाज सुनेर फ्यान भएको बताए ।

यसैबीच सलमान खानले पनि रानूलाई आफ्नो फिल्म ‘दबंग ३’मा गीत गाउन दिने प्रविद्धता जनाएका छन् । साथै सलमानले रानूलाई ५५ लाख भारुको घर दिएको खबर आइरहेको छ । यद्यपि सलमानले यो विषयमा कुनैपनि आधिकारिक धारणा व्यक्त गरेका छैनन् ।