काठमाडौं, २ जेठ । कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।

आरोहण गर्न गएका दुई पर्वतारोहीको बिहीबार विहान मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए । उनीहरु पीक प्रोमोसनबाट हिमाल आरोहणमा गएका हुन् । सो कम्पनीले आधिकारिक जानकारी भने दिइसकेको छैन ।

नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएका पर्वतारोहीको खोजी तथा मृतकहरूको शव ल्याउने प्रयास भइरहेको छ ।