५ भदौ, काठमाडौं । हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू गाडी नेपालमा भित्र्याएको छ ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा भदौ १० देखि हुन लागेको अटो शोको पूर्वसन्ध्यामा प्रालिले नया मोडलका गाडी सार्वजनिक गरेको हो । प्रालिले बिहिबार पत्रकार सम्मेलन गरी नया गाडीको विक्रि शुरु भईसकेको पनि जानकारी दिएको हो ।

प्रालिले भेन्यूको सुरुवाति मूल्य ३४ लाख ९६ हजार देखि ५६ लाख ९६ हजार रुपैयाँसम्म तोकेको छ । साथै दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट र अन्य आकर्षक उपहार दिने घोषणा गरेको छ ।