१७ माघ, हुम्ला । एडिएसएल इन्टरनेट नचल्दा हुम्ला जिल्लामा ब्यापक समस्या उत्पन्न भएको छ ।

हुम्ला जिल्लामा करीब एक महिनादेखि एडिएसलको इन्टरनेटमा समस्या आउँदा यहाँका सरकारी कार्यालय, राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था र बैंकहरुमा समस्या आएको छ ।

हुम्लामा सञ्चालित एक मात्र सेवा वल्र्डलिङ्क कम्युनिकेसन जडान भएका कार्यालय गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय, जडान गरिएका बैंकमा मात्र कामकाज सहज भएको बताइएको छ । रासस