२९ साउन, एजेन्सी । भारतको तेलंगनास्थित एक विद्यालयले १ सय ५० छात्राको कपाल काट्न लगाएका छन् । प्रधानाध्यापकले प्रतिविद्यार्थी २५ रुपैयाँ उठाई दुईजना नाईलाई विद्यालय बोलाएर छात्राहरुको कपाल काट्न लगाएकी हुन् ।

होस्टेलमा पानीको कमि भएपछि छात्राहरुको कपाल काट्न परेको विद्यालयकी प्रधानाध्यापक अरुणाले बताइन् । मंगलबार भएको यो घटना छात्राहरुको अभिभावक उनीहरुलाई भेट्न होस्टेल पुगेपछि मात्र सार्वजनिक भएको हो ।

प्रधानाध्यापकको यो कदमपछि अभिभावहरुले विद्यालयविरुद्ध प्रदर्शन गरेका छन् । प्रधानाध्यापक अरुणाले विद्यार्थीहरुको सरसफाईको लागि कपाल काटिएको बताइन् ।

साथै उनले विद्यार्थीहरुको सहमतीले कपाल काटेको र होस्टेलमा पानीको समस्या पनि त्यसको अर्को कारण भएको दाबी गरिन् । यसैबीच जिल्ला प्रशासन र कल्याण विभागले घटनाको अनुसन्धान शुरु गरेको छ ।