३० मंसिर, एजेन्सी । बलिउडमा स्टार कलाकारहरुको छोराछोरीको चर्चा दैनिकजसो हुनेगर्दछ । कतिपय स्टार कलाकारका छोराछोरीहरुले बलिउडमा डेब्यु गरिसकेका छन् भने कतिपयको अझै बाँकी नै छ ।

फ्यानहरु स्टारकिड्सको बारेमा थाहा पाउनको लागि एकदमै उत्साहित भइरहेका हुन्छन् । करीना कपूरको छोरा तैमूर अली खानदेखि शाहरुख खानकी छोरी सुहाना खान सम्मको खबर प्राय चर्चामा रहने गरेको छ ।

तर अहिले भने आमिर खानकी छोराी इरा खानको चर्चा बलिउडमा बढ्न थालेको छ । इराले बलिउडमा डेब्यु गर्ने चर्चा चुलिरहेका बेला उनको तस्बिर इन्टरनेटमा भाइरल भइरहेको छ । इरा खानले आफ्नो इंस्टाग्राममा केही बोल्ड तस्बिरहरु राखेकी छन् । तस्बिर राख्दै उनले लेखेकी छन्, ‘क्या भ्यू छ ।’

तस्बिरमा इरा ब्याकलेस गाउनमा देखिएकी छन् । इराको तस्बिरमा फ्यानहरुले कमेन्ट गर्दै ब्युटीफुल र बलिउड क्वीनको नाम दिएका छन् । उसो त इरा बलिउडमा आउने अहिलेसम्म कुनै पक्का जानकारी आइसकेको छैन । यदि उनी बलिउडमा आएका पिताजस्तै हिट हुने धेरैको आशा छ ।

इरा खान थिएटर प्रोडक्सन ‘युरिपिडिस मेडिया’बाट निर्देशनमा डेब्यु गर्दैछन् । ‘युरिपिडिस मेडिया’ सबैभन्दा लोकप्रिय ग्रीक त्रासदीमध्येको एक हो, जसमा आमिरको छोरा जुनैद खान र अभिनेत्री हेजल कीचसहित अन्य कैयौँ कलाकारहरुको पनि अभिनय छ ।