२१ कात्तिक, एजेन्सी । पाकिस्तानको सिंध प्रान्तमा लरकानास्थित विश्वविद्यालयको विद्यार्थी निमृता कुमारीको संदिग्ध स्थितिमा भएको हत्याको अन्तिम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टमा विद्यार्थीलाई पंखामा झुड्याउनुअघि बलात्कार भएको उल्लेख गरिएको छ ।

निमृता कुमारी लरकानामा आफ्नो छात्राबासको कोठमा मृत भेटिएको पाकिस्तानी पत्रिका डनन्यूजले समाचार लेखेको छ । प्रहरीका डाक्टर अहमद अब्बसीले डनन्यूजसँगको संवादमा विद्यार्थीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको बताएका छन् ।

शव परीक्षणको क्रममा विद्यार्थीको शरीरमा पुरुषको डीएनए र कपडामा वीर्यको अवशेष भेटिएको अब्बासीले जानकारी दिए । यसरी हेर्दा पीडित महिलामाथि बलात्कार भएको पुष्टि गर्ने उनको भनाइ छ ।

यसअघि छात्राको भाइ विशालले आफ्नो बहिनीको हत्या भएको बताएका थिए । उनले आफ्नो बहिनी कुनै तनावमा नभएको र जीवनसँग दुखी नभएको विशालको भनाइ छ । विद्यार्थी कुमारीको शव १६ सेप्टेम्बरमा लरकानास्थित शहीद मोहतरमा बेनजीर भुट्टो मेडिकल युनिभर्सिटीको छात्राबासमा भेटिएको थियो । उनको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।