५ फागुन, काठमाडौं । राजधानी काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आइतबार राजधानीको ह्वाइट गुम्बास्थित सडकमा बा ६५ प ६०१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको हो । प्रहरीका अनुसार मोटरसाइकल तीब्र गतिमा भएकोले पल्टिएको अनुमान गरेको छ ।

मोटरसाइकल पल्टिँदा चालक तनहुँ भानु नगरपालिका–२ घर भई हाल बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रदिप गुरुङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।