२२ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार बढेको सुनको मूल्य शुक्रबार भने तोलामा ७ सय रुपैयाँले घट्दा ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ६९ हजार ६ सय कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घट्दै ८ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय, तेजावी सुन प्रतितोला ७० हजार ३ सय र चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।