४ चैत, काठमाडौं । सुनचाँदीको मूल्यमा एकैदिन ह्वात्तै घटेको छ । साताको तेश्रो दिन मंगलबार सुनको मूल्यमा प्रतितोला २ हजार रुपैयाँले गिरावट आउँदा चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सयमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन ७७ हजार ५ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य ७ सय ९० रुपैयाँ थियो । कोरोना भाइरसको कारण विश्वबजारमा सुनको माग कम हुँदा सुनको मूल्य घटेको हो । यसअघि विश्वबजारको ध्यान सुनमा थियो भने अहिले डलरमा लगानी गर्नेहरु बढेका छन् ।