१८ मंसिर, काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

मंगलबार ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७१ हजार नौ सय रुपैयाँमा काराबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।