५ माघ, काठमाडौं । देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आज बिहान आंशिक बदली भएको छ । बाँकी भु–भागको मौसम भने सामान्यतया सफा रहेको जल तथा विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यका तथा तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो समेत लागेको छ । दिउँसोपख हुस्सु र कुहिरो हटेर घाम लाग्ने मौसमविद बरुण पौडेलले जानकारी दिए । आज दिउँसो पूर्वी भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद पौडेलले बताउनुभयो । आकास खुलेसँगै आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम घटेको छ । हिजो ६ दशमलब ४ डिग्री रहेकोमा आज ३ दशमलब ८ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।