२३ भदौ, काठमाडौं । राजधानीको कोटेश्वरस्थित महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्या गरी फरार भएका भक्तपुर नगरपालिका–२ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भएका ३८ वर्षीय भिमसेन भण्डारीलाई भक्तपुर बसपार्कबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त भिमसेन भण्डारी

२०५८ साउन ७ गते महादेबस्थानमा निर्माणाधिन घरको सामानहरु कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाँउमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको र सो पश्चात लुकिछिपी भक्तपुर जिल्लाको एरियामा अस्थाई सह–चालकको रुपमा बिभिन्न गाडीहरुमा काम गरेको खुल्न आएको छ ।

भण्डारीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त व्यूरोले जनाएको छ ।