५ चैत, काठमाडौं । मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

आज विहान ५ बजे हेटौंडा उपमहानगरपालिका १५ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा चेक गर्ने क्रममा ९ लाख ९९ हजार भारतीय रुपैया बरामद गरेको हो । वीरगञ्जतर्फ जाँदै गरेको भारतीय बोलेरो जीपलाई रोकी चेक गर्ने क्रममा गाडीचालक भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र भारत नहेटी जिल्ला ग्राम पञ्चायत माउतपुर बस्ने ३८ वर्षीय शंकर सरकार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक अरुणकुमार कुशवाह नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।