१० माघ, एजेन्सी । गर्भवती भइसकेपछि एक १३ वर्षीया किशोरीले गर्भमा भएको बच्चाको बुवा उनका १० वर्षीय प्रेमी भएको बताएकी छन् । उनले उक्त बालकसँग १ वर्षअघि भेट भएको बताउँदै आफूहरुबीच प्रेम भएको बताएकी हुन् ।

डारिया र इवान नाम गरेका यो जोडी रुसको एक शहरमा बस्छन् । एक टिभी शोमा दुवैजनाले भाग लिँदै प्रेमसम्बन्धका बारेमा सोधिएको सबै प्रश्नको उत्तर दिएका छन् । रुसको द रसिया १ च्यानलको शो ‘१० वर्षमै बुवा !’ नाम दिइएको विशेष अन्तर्वार्तामा उनीहरुको प्रेमकहानी देखाइएको थियो ।

यद्यपि इवानलाई परीक्षण गर्ने डाक्टरले भने ती बालकको वीर्य उत्पादन गर्र्ने समय नभएकोले उनी त्यस बच्चाको बुवा हुन नसक्ने बताएका छन् । तर किशोरीले आफ्नो अर्को पार्टनर नभएको स्पस्ट पारेकी छन् । एक मनोवैज्ञानिकले भने किशोरीको कुरामा सत्यता रहेको बताइन् ।

एक रुसी पत्रिका द सनका अनुसार अभिभावकको सहमतिमा दुवैजना टेलिभिजन शो मा सहभागी भएका थिए । अभिभावकले बालक र किशोरीको स्वास्थ्य परीक्षणको समेत अनुमति दिएका छन् । यो जोडीको विषयलाई लिएर सामाजिक सञ्जालमा ब्यापक बहस भइरहेको छ ।

८ हप्ताकी गर्भवती डरिया र उनकी आमा बच्चा जन्माउन चाहन्छिन् । डारियाकी ३५ वर्षीया आमा एलेनाले छोरीले सम्बन्ध स्वीकारेको बताइन् । उता बालक इवानकी आमाले पनि छोराले सहि बोलिरहेको उल्लेख गरेकी छन् । ‘के भइरहेको छ भन्ने उसलाई पनि थाहा छैन जस्तो लाग्छ । उ अहिले बच्चा छ तर आफू ठूलो भइसकेको बताउँछ ।’ इवानकी आमाले भनिन् ।

आफू र आफ्नो ब्वाइफ्रेन्डले एकअर्काको एकदमै ख्याल गर्ने डारियाले बताइन् । उनीहरु एकअर्काले सामजिक सञ्जालमा पनि विवाहित स्टाटस राखेका छन् । यो जोडीलाई समाजले भने एकदमै नकारात्मक तवरले हेरिरहेको छ ।