११ माघ, बाँके । जिल्लामा ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको छ ।

जबरजस्ती करणीको अभियोगमा राप्तीसोनारी गाउँपालिका–१ खोपरी बस्ने २४ वर्षीय विक्रम थारु पक्राउ परेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।