१७ पुस, एजेन्सी । रुसमा यसवर्ष डिसेम्बरमो अन्तिममा हिमपात नभएपछि सडकमा कृतिम हिमपात गराइएको छ । क्रिसमस र नयाँ वर्ष मनाउको लागि यस्तो गरिएको रुसको राजधानी मस्कोका अधिकारीहरुले जनाएका छन् ।

सामान्यतया रुसमा हरेक वर्षको डिसेम्बर महिनामा हिमपात हुनेगर्थ्यो । माइनस ६ देखि २० डिग्री सेल्सियससम्म पुग्ने तापक्रम यो डिसेम्बरमा भने १ सय ३४ वर्षयताकै तातो भएको छ । यसवर्ष त्यहाँको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

कृतिम हिमपात मस्कोको प्रसिद्ध शहर स्क्वायर र तेवरकायामा गराइएको रुसी अधिकारीहरुले जनाएका छन् । ‘स्नोबोर्ड स्लाइड’लाई बिकसित गर्नको लागि ती शहरहरुमा हिमपात गराइएको अधिकारीले बताए ।

रुसमा यसअघि १८८६ को डिसेम्बरमा ५.३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । रुसको हाइड्रोमेथेरोलजिकल रिसर्च सेन्टरका अनुसार १८ देखि २५ डिसेम्बरसम्मको तापक्रम २ देखि ७ डिग्री सेल्सियस सम्म रहेको थियो । यो १ सय २४ वर्षयताको बढी हो ।