२१ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद सागको पुरुष क्रिकेटमा बाङ्ग्लादेशको २३ वर्षमुनिको टीमले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको बाङ्ग्लादेशले कप्तान नजमुल हुसैन शान्तो र अफिफ हुसैनको अर्धशतकमा मद्दतले २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनायो ।

नेपालका पूर्वकप्तान पारस खड्काले शानदार बलिङ गर्दै पहिलो चार ओभरभित्र तीन विकेट लिएपछि बाङ्ग्लादेश दबाबमा आएको थियो ।

खेलमा शान्तोले नटआउट ७५ रन बनाए भने हुसैनले २८ बलमा ५२ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा दुई विकेट लिए ।

नेपालले स्वर्ण पदकका लागि फाइनल खेल्ने आशा जीवित राख्न बाङ्ग्लादेशलाई हराउनै पर्ने अवस्था छ । नेपाललाई हराउन सके बाङ्ग्लादेश र श्रीलङ्काले फाइनल खेल्नेछन् ।

नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।