१९ पुस, स्याङजा । जिल्लामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चापाकोट नगरपालिका–७ बस्ने १९ वर्षीय मिलन गुरुङ रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । गुरुङले किशोरीलाई शुक्रबार राति नै जबरजस्ती करणी गरेका थिए ।

गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चापाकोटबाट र प्रहरी चौकी साखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।