१० भदौ, काठमाडौं । राजधानीको ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिनामंगल बस्ने काभ्रे घर भएका २८ वर्षीय मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका २३ वर्षीय अरुण कुमार जैसवाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा ६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमल्सिना र मोटरसाइकलमा सवार जैसवालले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्ने क्रममा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेका थिए ।

नेपालको कानुनबमोजिम मादक पदार्थ सेवन गरेको चालकलाई पहिलोपटकमा १ हजारदेखि १४ सय रुपैयाँ बराबरको मात्रै चिट काट्न पाइने व्यवस्था छ । यसरी प्रहरीले चिट काटेकै भएपनि १५ सय भन्दा माथिको चिट काट्न नपाउने कानुनी व्यवस्था छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।